Premier Cables

राष्ट्रिय

दुम्कीबासमा खोलाले बस बगाउँदा अलपत्र २४ यात्रुको उद्धार

Calendar शुक्रबार, असार ०६, २०८२  | बिहान ७:२४ बजे

नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोलामा बनाइएको डाइभर्सनमा मध्यरात फसेको एक यात्रुवाहक बसका सबै २४ यात्रुको प्रहरीले सकुशल उद्धार गरिएको छ ।

गएराति पौने १२ बजे नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो ।

बिज्ञापन

प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो । जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ ।

६ महिनाअघि दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ ।

विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । यो खोलामा आउने बाढीले बिबीबारसम्म ८ पटक डाइभर्सन बगाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो

अर्थ

अर्थ