Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजरायली अस्पतालमा खस्यो इरानले हानेकाे बम

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | साँझ ६:२२ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । इरानले इजरायलको एक अस्पतालमा मिसाइल आक्रमण गरेको इजरायली अधिकारीहरूले बताएका छन्। इजरायली सेनाका अनुसार बेर्शेबास्थित सोरोका अस्पतालमा गरिएको हमलामा ठूलो क्षति पुगेको छ भने कम्तीमा ३२ जना घाइते भएका छन्।

इजरायलले इरानले जानाजान नागरिक क्षेत्रलाई लक्षित गरेर अस्पतालमा हमला गरेको आरोप लगाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै, “आज बिहानै इरानको आतंकवादी तानाशाहीले बेर्शेबाको सोरोका अस्पताल र नागरिक क्षेत्रमाथि मिसाइल प्रहार गरेको छ,” भनेका छन्।

प्रधानमन्त्री नेतान्याहुले इरानका नेताले यस आक्रमणको पूरा मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्। इजरायलको आपतकालीन सेवा म्यागन डेभिड एडोमका अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

इजरायली सैन्य अधिकारीहरूले इरानले हालै दर्जनौं मिसाइल प्रहार गरेको बताएका छन्। ती मिसाइलहरू मध्ये केहीले नागरिक क्षेत्र र सार्वजनिक पूर्वाधारहरूलाई लक्षित गरेका थिए, जसमा अस्पतालसमेत परेको इजरायलको भनाइ छ।

यो घटना इरान–इजरायल सम्बन्ध थप चर्किने संकेतका रूपमा हेरिएको छ। दुबै देशबीचको तनाव पछिल्लो समय बढ्दो क्रममा छ, र यस घटनाले क्षेत्रीय सुरक्षा चुनौतीलाई अझ जटिल बनाउने देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka