Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

उत्तरी गाजामा थप घातक हमला : सहायता खोज्न गएकाहरू पनि निशानामा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ६:२० बजे
Hamro Biratnagar Headlines

लेबनान । उत्तरी गाजामा आज पनि इजरायली सेनाको आक्रमण जारी छ। सहायता लिन गएका सर्वसाधारणमाथि समेत आक्रमण भएको र कम्तीमा २४ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ। पछिल्लो २४ घण्टामा गाजाका विभिन्न अस्पतालहरूमा कम्तीमा १०५ शव र ३५६ घाइतेहरू ल्याइएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्राइल र हमासबीच युद्धविराम सम्झौता यसै साताभित्र हुन सक्ने “सकारात्मक सम्भावना” रहेको बताएका छन्। अमेरिकी दूत टम बेराकले लेबनन भ्रमणका क्रममा कूटनीतिक भाषा प्रयोग गर्दै, अमेरिकाको उद्देश्य लेबननलाई आदेश दिने होइन, सहयोगीको रूपमा देख्ने रहेको बताएका छन्। उनले लेबननलाई सन्देश दिँदै भने, “यो क्षेत्र परिवर्तन भइरहेको छ र धेरै हिसाबले भइसकेको छ।”

बिज्ञापन

उनले इरान र हिजबोल्लाह कमजोर भएका र इस्राइल–अरब देशहरूबीच मेलमिलापका प्रयासहरू भइरहेको उल्लेख गरे। बेराकले सिरिया र इस्राइलबीच चलिरहेका कूटनीतिक वार्ताहरूको चर्चा गर्दै, त्यसै प्रकारको प्रक्रिया इजरायल र लेबननबीच पनि पुनः सुरु हुनुपर्ने धारणा राखे।

उनले चेतावनीस्वरूप भने, “लेबनन एक वा अर्काे रूपमा पछि पर्नेछ। यदि लेबननले आवश्यक कदम चाल्न सकेन भने, अन्तर्राष्ट्रिय समुदायले पुनःनिर्माण र आर्थिक पुनरुत्थानका लागि चाहिने सहयोग नदिन सक्छ।”

मृतकको संख्या भयावह

मार्च १८ मा इस्राइलले हमाससँगको युद्धविराम तोडेयता हालसम्म कम्तीमा ६,९६४ प्यालेस्टिनी नागरिक मारिएका छन् र २४,५७६ भन्दा बढी घाइते भएका छन्।

२०२३ अक्टोबरदेखि इस्राइली आक्रमण सुरु भएयता अहिलेसम्म कम्तीमा ५७,५२३ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने १,३६,६१७ भन्दा बढी घाइते भएका छन्। अझै पनि हजारौँ मानिस भग्नावशेषमुनि पुरिएको आशंका गरिएको अल जजीराले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka