Premier Cables

शेयर बजार

सेयर बजारमा चहलपहल सुस्त : नेप्से सूचक सामान्य गिरावट

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असार ०३, २०८२  | अपराह्न ३:२७ बजे

काठमाडौं । सेयर बजारमा मंगलबार चहलपहल सुस्त देखिएको छ । नेप्से सूचक सामान्य गिरावट आउँदा कारोबार रकममा पनि सुस्तता देखिएको छ ।

यस दिन नेप्से सूचक २.५९ विन्दुले घटेर २६५६.०६ अंकमा आएको छ । ७ अर्ब ६५ करोड बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

बिज्ञापन

पछिल्ला केही दिन सेयर कारोबारमा राम्रो सुधार भइरहेपनि मंगलबार भने कारोबार सुस्त देखिएको हो । अर्कोतर्फ, सेयर बजारका लागि अहिले समय अनुकूल देखिएपनि नेप्से सूचकले भने गति लिन सकिरहेको छैन । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ भने ब्याजदर न्यून विन्दुमा रहेको छ ।

सस्तो ब्याजदर सेयर बजारका लागि राम्रो मानिन्छ । साथै, धेरैजसो नीतिगत बाधाहरु पनि पछिल्लो समय हट्दै गएको छ । यस्तै, लगानीका अन्य क्षेत्रहरु पनि खुम्चिएका कारण कर्जा लिएर सेयर बजारमा लगानी गर्नेहरुका लागि पनि समय उचित देखिन्छ । पछिल्लो समय बैंकहरुको सेयर धितो कर्जाको परिमाणमा पनि भइरहेको वृद्धिले पनि यसको पुष्टि गर्छ ।

यता, सेयर बजारको सिजन सुरु भएका कारण पनि आगामी दिनमा सेयर बजार थप चलायमान हुनसक्ने अनुमान गरिएको छ । साउनमा सूचीकृत कम्पनीहरुको वर्षभरीको वित्तीय विवरण आउने र लाभांश घोषणा हुने समय पनि सुरु हुने भएकाले असार साउनलाई सेयर बजारको सिजन मानिन्छ ।

अहिले सेयर खरिद गर्नेहरु छोटो समयमै लाभांशको हकदार हुने सम्भावना रहन्छ । यसले पनि बजारलाई चलायमान बनाउनसक्ने देखिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka