Premier Cables
Premier Steel

शेयर बजार

लयमा फर्कन थाले लघुवित्त कम्पनी, कसले कति कमाए ?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लघुवित्त (माइक्रोफाइनान्स) क्षेत्र विस्तारै पुनः लयमा फर्कन थालेको छ। नियामक निकायहरूको कडा नीति, बजारमा चलेका हल्ला, र उच्च खराब कर्जाको दबाबमा परेका लघुवित्त कम्पनीहरूले पछिल्लो समय सुधार देखाएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त संस्थाहरूले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। तीमध्ये ४० कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा मुनाफा बढाएका छन् भने १० कम्पनीको नाफा केही घटेको देखिएको छ।

बिज्ञापन

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा छिमेक लघुवित्त अग्रस्थानमा रहेको छ। कम्पनीले ८५ करोड ३५ लाख रुपैयाँ मुनाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि हो। त्यसपछिल्लो स्थानमा रहेको साना किसान विकास लघुवित्तले ५४ करोड ५० लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तले ४८ करोड पाँच लाख रुपैयाँ, र जीवन विकास लघुवित्तले ३५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अन्य कुनको कति ?

डिप्रोक्स लघुवित्तले उल्लेख्य सुधार गर्दै ७०.८१ प्रतिशत नाफा वृद्धि गरेको छ। कम्पनीले अघिल्लो आवको तुलनामा २५ करोडबाट बढेर ४३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको हो।

त्यस्तै, ग्रामिण विकास लघुवित्तको नाफा १७ प्रतिशतले वृद्धि भई २४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अन्य लघुवित्तहरूमध्ये मेरो माइक्रोफाइनान्सले १२ करोड ९३ लाख, आरएसडिसीले ६ करोड ९८ लाख, हिमालयनले पाँच करोड ३४ लाख, स्वाभिमानले तीन करोड ५७ लाख र सपोर्ट माइक्रोफाइनान्सले तीन करोड छ लाख रुपैयाँ नाफा कमाएका छन्।

तर, आरएसडिसी र स्वस्तिक लघुवित्त भने अझै घाटामा देखिएका छन्। लघुवित्त क्षेत्रमा सुधार देखिए पनि समग्र बजारमा स्थायित्व ल्याउन कर्जा उठाउने क्षमताको दीर्घकालीन सुधार र नियामक निकायसँगको समन्वय अझ आवश्यक देखिन्छ।

हेर्नुहाेस् विवरण

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka