Premier Cables
Premier Steel

खेलकुद

मोरङ जिल्ला खेलकुद अध्यक्षमा तामाङलाई कायम राख्न उच्च अदालतकाे आदेश

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, असार ०३, २०८२  | बिहान ८:०४ बजे

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बर्खास्त गरेका मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्रकुमार योन्जन तामाङलाई पुनः पदमा कायम गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बाँस्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा आदेश जारी गर्दै उनलाई पुनः पदमा फर्काउन निर्देशन दिएको हो।

बिज्ञापन

तामाङलाई २०८० चैत २३ गते चार वर्षका लागि जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो। तर, २०८१ माघ १७ गते प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको सिफारिसमा सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले तामाङलाई हटाएर एमालेका मोरङ जिल्ला सदस्य सुरज श्रेष्ठलाई नियुक्त गरेको थियो।

श्रेष्ठ र बस्नेतबीचको निकट सम्बन्धका कारण तामाङलाई राजनीतिक प्रतिशोध स्वरूप हटाइएको आरोप लाग्दै आएको छ। तामाङको नियुक्ति हंसराज वाग्ले सचिव रहेको बेलामा भएको थियो भने एमालेनिकट पर्शुराम बस्नेत सचिवमा पुनर्बहाली भएको चार महिनापछि तामाङलाई हटाइएको थियो।

तामाङले आफ्नो निलम्बनविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। भदौ २० गते उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई पुनः काम गर्न दिने आदेश दिएको थियो। त्यसबेला मुद्दा विचाराधीन हुँदै गर्दा सरकारले श्रेष्ठलाई नियुक्त गरेपछि तामाङले अदालतको आदेशको अवहेलना भएको भन्दै पुनः रिट हालेका थिए। यद्यपि अपहेलना मुद्दामा अदालतले दाबी नपुगेको भन्दै खारेज गरेको छ।

तामाङले अदालतले आफूलाई न्याय दिएको भन्दै खुशी व्यक्त गरे। “मलाई राजनीतिक प्रतिशोधका आधारमा हटाइएको थियो, तर अदालतले लोकतन्त्र र कानुनी शासनको संरक्षण गरेको छ,” उनले भने। मंगलबार उनले अदालतको आदेशसहित पुनः कार्यालय पुगेर जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्।

सदस्य सचिव बस्नेतको निर्णयप्रति कोशी प्रदेशसभा बैठकमा पनि असन्तुष्टि जनाइएको थियो। माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री गणेश उप्रेती सुशिलले अदालतको आदेश विपरीत गरिएको नियुक्तिलाई लोकतान्त्रिक मूल्य विपरित भनेका थिए।

यस मुद्दामा तामाङको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ, अधिवक्ता प्रेम कुमार घिमिरे र अधिवक्ता राजकुमार राजवंशीले बहस गरेका थिए भने विपक्षी बस्नेतको तर्फबाट अधिवक्ता डिल्लीराम घिमिरे र सरकारी वकिलहरूले बहस प्रस्तुत गरेका थिए।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka