Premier Cables

समाचार

विरुवा जोगाउन महानगरले स्वयमसेवक परिचालन गर्ने

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | अपराह्न १:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र विरुवाको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भिडले फूल र विरुवामा क्षति पुग्ने भन्दै महानगरले स्वयम्सेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो । फूल र विरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको छ ।

विज्ञापन

महानगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले फूल र विरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनसमेत आग्रह गरे । ‘तपाईंहरु पूर्ण अनुशासित भएर जिम्मेवारी पूरा गर्नुहोला । कसैले बदमासी गरेमा त्यसलाई तपाईंहरुले कुटपिट गर्ने र हुलहुज्जत गर्ने काम नगर्नुहोला,’ उनले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसार ढुंगेल, रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, नगर प्रहरीका डिएसपी अनमोल खड्कालगायतले रथयात्रालाई मर्यादित र व्यवस्थित बनाउने सबैको दायित्व भएको बताए । फूल र विरुवाको संरक्षणका लागि ५ सय युवा स्वयम्सेवक परिचालन गरिने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka