Premier Cables
Premier Steel

समाचार

विरुवा जोगाउन महानगरले स्वयमसेवक परिचालन गर्ने

Calendar शनिबार, साउन ३१, २०८२  | अपराह्न १:३५ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र विरुवाको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भिडले फूल र विरुवामा क्षति पुग्ने भन्दै महानगरले स्वयम्सेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो । फूल र विरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको छ ।

बिज्ञापन

महानगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले फूल र विरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनसमेत आग्रह गरे । ‘तपाईंहरु पूर्ण अनुशासित भएर जिम्मेवारी पूरा गर्नुहोला । कसैले बदमासी गरेमा त्यसलाई तपाईंहरुले कुटपिट गर्ने र हुलहुज्जत गर्ने काम नगर्नुहोला,’ उनले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसार ढुंगेल, रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, नगर प्रहरीका डिएसपी अनमोल खड्कालगायतले रथयात्रालाई मर्यादित र व्यवस्थित बनाउने सबैको दायित्व भएको बताए । फूल र विरुवाको संरक्षणका लागि ५ सय युवा स्वयम्सेवक परिचालन गरिने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka