Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

राजनीति

विपक्षी दलकाे विराेधबीच सभामुखले चलाए प्रतिनिधि सभा बैठक

Calendar आइतबार, असार ०१, २०८२  | अपराह्न ३:०४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन् ।

अहिले जारी बैठकमा रास्वपाका सांसदहरूले वेल घेरिरहेका छन् । उता, अर्को प्रतिपक्षी दल राप्रपाका सांसदहरू भने आफू बस्ने आसन अगाडि उभिएर विरोध गरिरहेका छन् ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरूले अवरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सञ्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए ।

त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले नैतिकताको कुरा गर्न थालेपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरिरहेका हुन् । एकजना उभिँदा पनि वा विरोध जनाउँदा संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर सभामुख घिमिरेले कार्यसूची अनुसार नै बैठक चलाइरहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो