Premier Cables
Premier Steel

राजनीति

भिजिट भिसा प्रकरणले संसद खुलाउन अझै अन्योल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | बिहान ११:३९ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । भिजिट भिसा विवादका कारण संसद् खुल्अने नखुल्ने अझै अन्योल छ ।

संसद अबरुद्ध बनेको अवस्थामा सभामुख देवराज घिमिरे सक्रिय भएका छन्।

बिज्ञापन

संसद् अवरोध हटाई बजेटमाथि छलफल अगाडि बढाउन उनले शुक्रबार पहल थालेका छन्।

यसै क्रममा सभामुख घिमिरेले आज (जेठ १६) मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बैठकअघि बिहान ११ बजे संसद्का प्रमुख सचेतक र सचेतकहरूसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

संसद्मा जारी अवरोध अन्त्य गर्ने र बजेट छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले यी बैठकहरू आह्वान गरिएको हो।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध पारिरहेका छन्।

विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै उनको राजीनामा माग गरेका छन्। उनीहरूले बिहीबार (जेठ १५) प्रस्तुत भएको बजेट भाषणमा अवरोध नगरे पनि त्यसपछि नियमित बैठकमा अवरोधलाई निरन्तरता दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka