Premier Cables
Premier Steel

विराटनगर

पसल फोरेर माेबाइल चाेर्ने तीन जना पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ३०, २०८२  | साँझ ४:३३ बजे

विराटनगर । विभिन्न सयमा शृङ्खलाबद्ध रूपमा पसल फोडेर मोबाइल चोरीमा संलग्न तीन जना विराटनगरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका(११ का २६ वर्षीय रोशनकुमार मण्डल, धनपालथान गाउँपालिका(७ का २२ वर्षीय विशाल कुमार सिंह र भारत अररियाका १८ वर्षीय कृष पासवान रहेका छन्। उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

बिज्ञापन

विराटनगरका दक्षिणी क्षेत्रमा चोरी बढ्दै गएपछि प्रहरीले यस्तो कार्यमा संलग्नको खोजी थालेको थियो। कटहरी गाउँपालिका ४ नयाँ बजारको राज मोबाइल केयर पसलमा गत वैशाख ११ गते चोरी भएपछि प्रहरीमा उजुरी परेको थियो।

चिमरियाका अनुसार उनको पसलबाट ल्यापटप, एन्ड्रोइड मोबाइल, सादा मोबाइल र मर्मत गर्न ल्याइएका मोबाइलहरू चोरी भएका थिए।

धनपालथानका सिंहलाई प्रहरीले जेठ २७ गते पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर अनुसन्धान गर्दा मण्डल र भारतीय नागरिक पासवानसम्म प्रहरी पुगेको थियो।

चोरी गरेका मोबाइल मण्डलको कोठामा राख्ने गरेको खुलेको छ। मण्डलको कोठाभित्र लुकाएका नयाँ तथा पुराना मोबाइल सेट बरामद भएका छन्।

‘चोरी कार्यमा प्रयोग हुने औजारहरू ९ड्रिल मेशिन, हथौडा, रड, पेच कस, पिलास लगायत० फेला परेका छन्,’ चिमरियाले भने। पासवान मण्डलसँगै कोठामा बस्थे।

उनीहरूको साथबाट ८ वटा सादा सेट, एन्ड्रोइड मोबाइल सेट २१ थान, बिग्रिएका मोबाइल ५१ थान, ल्यापटपको ब्याट्री १ थान, मोबाइलका डिस्प्ले १३ थान र चोरीमा प्रयोग हुने औजार ९ थान बरामद भएको छ।

पक्राउ परेकाहरूलाई चोरी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka