






विराटनगर । तिहार नजिकिएसँगै विराटनगरमा दुलेचोरको बिगबिगी बढेको छ । निलसदन रोडमा एकै रात तीन ठाउँमा चोरी भएको छ । धनीचन राय निलसदन रोडका किराना पसल चलाउँछन् । तर, उनको पसलको सर्टर तोडेर चोरी भएको छ ।
उनको पसलमा गल्लामा भएको पैसा र सरसामान राति नै चोरी भयो । उनले अहिलेसम्म प्रहरीलाई कुनै जानकारी नदिएको बताए । उनले भने,‘‘सर्टरको ताला तोडेर सरसामान र पैसा लगेछन् ।’’ चाडबाडको बेलामा चोरी बढेकोले प्रहरीद्वारा गस्ती गर्नुपर्ने उनले बताए ।
उनकै अगाडि पट्टीको बालाजी अतिथि भवनमा पनि त्यही रात चोरी भयो । सर्टर तोडेर गल्लामा भएको पैसा लगेपछि चोरी गर्नेले तालापनि साथै लिएर गएको सदनमा संचालक बजरगंलाल अग्रवालले बताए । उनले घटनाबारे प्रहरीलाई जानकारी गराएको बताए । कागजपत्र पनि लगेको उनले बताए ।
चाडको बेला प्रहरीको गस्ती कम भएको मौका पारेर चोरी भएको हुनसक्ने उनले बताएका छन् ।