Premier Cables
Premier Steel

विराटनगर

लुटपाट गरी फिरौती माग्ने विराटनगरका दुई जना पक्राउ, भारतीय नागरिक फरार

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ २९, २०८२  | अपराह्न ३:५० बजे

विराटनगर । एक किशोरको मोबाइल लुटपाट गरेर उनका अभिभावकसँग फिरौती रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक र दीपक अधिकारी रहेका छन्। घटनामा संलग्न २२ वर्षीय भारतीय नागरिक गोलु सिंह भने फरार छन्।

बिज्ञापन

सुनसरीको धरान उपमहानगरपालिका–१७ का प्रज्ञान राई र इटहरी–१९ का आशिष गुरुङ विराटनगरको टोम एण्ड जेरी होटलमा काम गर्थे। केही दिनअघि उनीहरूलाई साथीहरूले भारतको जोगवनी पुर्‍याएपछि प्रज्ञानको मोबाइल लुटपाट भएको थियो।

लुटिएको सोही मोबाइलबाट प्रज्ञानका अभिभावकलाई फोन गरेर ३० हजार रुपैयाँ फिरौती मागिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

“छोरा चाहिन्छ भने ३० हजार रुपैयाँ लिएर विराटनगरको बिग होटल छेउमा आउनू” भन्ने धम्कीपूर्ण फोन आएपछि प्रज्ञानका बुबा खेमप्रताप राईले धरान प्रहरीले उजुरी दिएका थिए।

त्यसपछि इन्स्पेक्टर जीवन कुँवरको नेतृत्वमा धरानबाट गएको प्रहरी टोलीले मोरङ प्रहरीसँग समन्वय गरी अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रलव र दीपकलाई विराटनगर बसपार्कबाट पक्राउ गरियो। उनीहरूले दिएको सूचनाका आधारमा घटनामा संलग्न मुकेशलाई पनि पक्राउ गरिएको छ। तर उनीहरूले गोलु सिंहले नै फिरौती लिन पठाएको बयान दिएका छन्।

घटनामा पीडित भनिएका प्रज्ञान र आशिषसहित विराटनगर–१५ की २० वर्षीया विजेता तामाङलाई इटहरीबाट सकुशल उद्धार गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा पीडित र पीडक साथी नै भएको, तर जोगवनी पुगेपछि घटना नियन्त्रणबाहिर गएको देखिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा दिइएको छ र थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka