Premier Cables
Premier Steel

राजनीति

जनता भेटघाट गर्न मैले एमालेको अनुमति लिनु पर्दैन : विद्या भण्डारी

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, जेठ २७, २०८२  | अपराह्न १२:०५ बजे

विराटनगर । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले सर्वसाधारण र जनता भेटघाट गर्न आफूले कसैको अनुमति लिन नपर्ने बताएकी छिन् ।‌

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्तिमा आफूलाई लक्षित गरेर केही भनिएको हो भन्ने शंका आफूसँग नरहेको स्पष्ट गर्दै कार्यक्रम गर्न वा हिंड्न एमालेको अनुमति लिनु नपर्ने बताइन ।

बिज्ञापन

कोशी प्रदेशको एक कार्यक्रममा सहभागी हुन विराटनगर आएकी भण्डारीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको अनौपचारिक संवादमा भनिन्, “म गुट राजनीतिमा कहिल्यै लागिनँ। अहिले पनि मुख्यधारको राजनीतिमा छु। केपी शर्मा ओलीज्यूले मलाई लक्षित गरेर केही भन्नु भएको हो भन्ने मलाई लाग्दैन। उहाँ कार्यकर्तालाई महाधिवेशनको सन्दर्भमा आश्वस्त पार्न भन्दै हुनुहुन्थ्यो होला।”

भण्डारीले आफू पूर्वमा दुईवटा कार्यक्रमको सन्दर्भमा आएको जानकारी दिइन्। पहिलो, राष्ट्रियस्तरको महिला जनप्रतिनिधिहरूको सम्मेलन र दोस्रो, हाईस्कुल विद्यार्थीहरूको विज्ञान प्रदर्शनी थियो। “यो युग त आईटीको युग हो।

विज्ञानप्रतिको रुचिका कारण पनि म निमन्त्रणा स्विकार गरेर आएको हुँ,” उनले भनिन्, “राम्रो कुराको प्रचारप्रसार हुँदा हामी सबै खुसी हुनु पर्छ।”

उनले आफू पार्टी राजनीतिमा सक्रिय हुने वा नहुनेबारे सोधिएको प्रश्नमा भने, “जहाँसम्म राजनीतिक नाताको कुरा छ, त्यो नाता त जोडिएपछि रहिरहन्छ। म एमालेको प्रस्तावमा राष्ट्रपती बनेको हुँ, मलाई सधैं बामपन्थी विचारले प्रभाव पारिरहेको छ।”

सक्रिय राजनीतिमा फिर्ता हुने संकेत दिँदै भण्डारीले भनिन्, “राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोबाट म अलग छैन। जुनसुकै भूमिकाबाट भए पनि म त्यो काम गर्न तयार छु।” पार्टीगत हिसाबले हेर्दा उनी अझै नेकपा एमालेकै पंक्तिमा छन् भन्ने संकेत उनले स्पष्ट दिएकी छन्।

एमालेभित्र हाल भइरहेका गुटगत गतिविधिहरू र महाधिवेशनको सन्दर्भमा केपी ओलीले दिएको ‘गुटबन्दी सम्बन्धी अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै भण्डारीले भनिन्, “अध्यक्षले मलाई लक्षित गरेर हैन भन्नुभएको होला। म त गुट नगर्ने मान्छे हो। कार्यकर्तालाई सन्देश दिनका लागि त्यसरी भन्नुभएको हुन सक्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka