Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे एमाले सचिवालय बैठकमा गम्भीर बहस

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेकपा एमालेको ५३औं केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनबारे गम्भीर बहस भएको छ। बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा भण्डारीले पछिल्लो समय गरेका सार्वजनिक गतिविधिहरू, विभिन्न जिल्ला भ्रमण, नेता–कार्यकर्तासँग संवाद तथा अभिव्यक्तिहरूलाई लिएर नेतृत्व तहमा चिन्तन र छलफल बढेको देखिएको हो।

बैठकमा केही सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको धारणा बुझ्न खोजेका थिए। त्यसक्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले हालसम्म कुनै पदका लागि दावी नगरेको र सार्वजनिक रूपमा सक्रिय राजनीतिमा फर्कने घोषणा पनि नगरेको स्पष्ट पारे। “उहाँले म फलानो पदमा आउनेछु भनेर कतै भनेकी छैनन्, न त सार्वजनिक रूपमा, न व्यक्तिगत रूपमा,” ओलीले बताएका थिए।

बिज्ञापन

ओलीका अनुसार, सञ्चारमाध्यममा भइरहेका अडकलबाजीहरू अनावश्यक हुन् र भण्डारीले आफैँ निर्णय नगरेसम्म कसैले पनि निश्चित निष्कर्ष निकाल्न मिल्दैन। एक सचिवालय सदस्यले टिप्पणी गरे, “उहाँ आफैँले बोल्नुभएन भने यो विषय सस्पेन्स नै रहन्छ,” जसमा ओलीले पनि सहमति जनाएका थिए।

पूर्वराष्ट्रपति भण्डारी ७ वर्ष राष्ट्रपति रहेपछि २०७९ फागुनमा पदबाट बाहिरिएकी थिइन्। हाल उनी विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। चीन भ्रमणलगायत पार्टीका विभिन्न तहमा संवाद तीव्र पारेपछि उनको सक्रिय राजनीतिमा पुनरागमन हुने चर्चा तीव्र बनेको हो। कतिपय एमाले नेताहरू भण्डारीलाई भविष्यको नेतृत्वको रूपमा अघि सार्न चाहिरहेका छन्, विशेषतः अध्यक्ष ओलीको उत्तराधिकारीको रूपमा।

तर ओलीले अहिले नै नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा नरहेको प्रष्ट संकेत दिएका छन्। हालै भण्डारीले पनि केही सञ्चारमाध्यमसँगको कुराकानीमा पार्टीले आवश्यक ठाने मात्र सक्रिय राजनीतिमा फर्किने इच्छा व्यक्त गरेकी छिन्।

बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा बारे पनि परोक्ष बहस चलेको थियो। आगामी भदौ २०–२२ मा हुने दोस्रो विधान महाधिवेशनले यो विषयमा निर्णय गर्नेछ। यदि उमेरहदको व्यवस्था पुनः लागू गरियो भने ओलीको उम्मेदवारी रोकिन सक्ने र भण्डारीको सम्भावना बढ्ने चर्चा पार्टीभित्र चलिरहेको छ।

सचिवालय बैठकले सरकारको एक वर्षे कार्यकालबारे पनि समिक्षा गरेको थियो। उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार, सरकारले अपेक्षित जति काम गर्न नसके पनि समग्रमा सन्तोषजनक प्रगति गरेको निष्कर्ष बैठकले निकालेको छ। बैठकमा अध्यक्ष ओलीले सरकार, पार्टीको कार्यदिशा र बजेटबारे संक्षिप्त समीक्षा प्रस्तुत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka