Premier Cables
Premier Steel

खेलकुद

एन्फाको निलम्बन फुकुवा

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। यस निर्णयसँगै एन्फालाई नियमित प्रशासनिक तथा आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ।

राखेपको कार्यकारी समितिले मंसिर ३ गते निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। राखेपका सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्रमार्फत एन्फालाई निलम्बन तथा लगाइएका प्रतिबन्धहरू हटाइएको जानकारी गराइएको छ। निर्णय लागू भएको मितिदेखि नै निलम्बन फुकुवा हुने पत्रमा उल्लेख छ।

विज्ञापन

एन्फाले गत चैत २३ गते राखेपसमक्ष पत्र पठाउँदै आफूहरूमाथि लगाइएको निलम्बन फुकुवा गर्न औपचारिक अनुरोध गरेको थियो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ बमोजिम राखेपले उक्त निर्णय गरेको जनाएको छ।

निलम्बन फुकुवाबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ।

राखेपको पछिल्लो निर्णयसँगै एन्फामाथि लगाइएको घरेलु प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटेको छ। यसले एन्फाको नियमित कामकाज सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

तर, राखेपले गरेको निलम्बन फुकुवा र फिफाले लगाएको अन्तर्राष्ट्रिय निलम्बन फरक विषय हुन्। राखेपको निर्णयले मात्रै फिफाको प्रतिबन्ध स्वतः हट्ने छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka