Premier Cables
Premier Steel

राष्ट्रिय

मलेसिया रोजगारी ठगी प्रकरण: लुकाइएको छानबिन प्रतिवेदन खुलेपछि दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | बिहान ८:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग अवैध रूपमा असुलिएको अर्बौं रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।

विज्ञापन

काठमाडौं जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

के हो मुख्य आरोप?
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट अवैध रूपमा रकम उठाइएको थियो। सोही रकममध्ये ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७९ हजार ८ सय ८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ।

सीआईबी प्रवक्ता अनुप शमशेर जबराका अनुसार पक्राउ परेका व्यक्तिहरूले अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराएका थिए। संगठित समूहलाई फाइदा पुग्ने गरी देशको अर्थतन्त्र प्रतिकूल निर्णय गरेको र श्रमिकमाथि भइरहेको ठगीविरुद्ध कानुनी कारबाही नगरी मौन बसेको आरोप उनीहरूमाथि लगाइएको छ। उनीहरूविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

‘गायब प्रतिवेदन’ बाट खुल्यो पोल
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल जाँच) का नाममा भइरहेको ठगी र व्यवसायीहरूको ‘सिन्डिकेट’ छानबिन गर्न अघिल्लो सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीको नेतृत्वमा १६ सदस्यीय विशेष ‘टास्कफोर्स’ गठन गरिएको थियो। तर, अनियमितताको फेहरिस्त समेटिएको उक्त छानबिन प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब पारिएको थियो।

उक्त लुकाइएको फाइल खोजेर सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि यो प्रकरण बाहिरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाट लगायतको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान थालेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट स्वास्थ्य परीक्षणको नाममा ७ लाख ५० हजार ९ सय ८८ नेपाली श्रमिक ठगिएको खुलेको छ।

यसअघि नै सोही प्रकरणमा संलग्न रहेको आरोपमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ परिसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka