Premier Cables
Premier Steel

राजनीति

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा कविराज दाहालको उम्मेदवारी

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १८, २०८३  | साँझ ४:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। युवाको नेतृत्व विकास, संस्थागत सुदृढीकरण र सामाजिक रूपान्तरणलाई आफ्नो प्राथमिकतामा राख्दै अघि बढिरहेका विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

३ दशक नपुग्दै जेसीजको नेतृत्वदायी जिम्मेवारीमा पुगेका दाहालको उम्मेदवारीलाई संस्थागत अनुभव, व्यावसायिक दक्षता र सामाजिक सक्रियतालाई राष्ट्रियस्तरमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। नेतृत्वलाई पदमा मात्र सीमित नराखी परिणाम र उपलब्धिसँग जोड्नुपर्ने मान्यता राख्ने दाहालले जेसीजलाई युवाको क्षमता विकाससँगै उद्यमशीलता र सामुदायिक रूपान्तरणको माध्यम बनाउनुपर्ने धारणा राख्दै आएका छन्।

विज्ञापन

उनको नेतृत्वको महत्वपूर्ण पक्ष व्यवसाय र जेसीजबीचको सम्बन्ध विस्तार गर्ने प्रयास पनि हो। सन् २०२६ मा विराटनगर जेसीजमार्फत २६ प्रतिशत छुटको विशेष प्याकेज ल्याएर स्थानीय व्यवसायी र जेसीज दुवैलाई लाभ पुग्ने वातावरण सिर्जना गरिएको थियो। यसबाट व्यवसायीका उत्पादन तथा सेवाको प्रवर्द्धन हुनुका साथै विराटनगर जेसीजको संस्थागत पहिचान र ब्रान्डिङसमेत विस्तार भएको थियो। व्यवसायीलाई जेसीजसँग जोड्ने र पारस्परिक लाभको सम्बन्ध स्थापित गर्ने यो पहललाई उनको नेतृत्वको उल्लेखनीय उपलब्धिका रूपमा लिन सकिन्छ।

दाहालले जेसीज विकासका लागि तालिम र व्यवसायलाई महत्वपूर्ण माध्यमका रूपमा लिएका छन्। युवालाई सीप, ज्ञान, अवसर र उद्यमशीलतासँग जोड्दै संस्थालाई थप प्रभावकारी बनाउनुपर्ने उनको सोच छ। यसै सन्दर्भमा उनले अघि सारेको ‘3C – Connect and Coordination with Community’ को अवधारणाले जेसीज र समुदायबीच सम्बन्ध विस्तार, सहकार्य र समन्वयलाई प्राथमिकता दिएको छ। समुदायका आवश्यकता बुझेर त्यसअनुसार संस्थागत गतिविधि सञ्चालन गर्ने र जेसीजलाई समुदायसँग अझ नजिक बनाउने उनको दृष्टिकोण रहेको छ।

तालिम तथा प्रशिक्षण क्षेत्रमा पनि दाहालले आफ्नो क्षमता प्रमाणित गरेका छन्। उनी Best TOT र Best MTOT को उपाधिबाट सम्मानित भइसकेका छन्। विभिन्न कलेजमा प्राध्यापन तथा प्रशिक्षणमा संलग्न रहँदै आएका उनले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएका छन्।

व्यावसायिक क्षेत्रमा दाहाल एसके कम्प्युटर विराटनगरका प्रबन्ध निर्देशक, विराट भेहिकलका निर्देशक तथा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगरका वरिष्ठ शाखा प्रबन्धकका रूपमा कार्यरत छन्। सूर्यज्योति लाइफ इन्स्योरेन्समा विगत नौ वर्षदेखि उत्कृष्ट कार्यसम्पादन गर्दै आएका उनको व्यावसायिक अनुभवले संस्थागत व्यवस्थापन र नेतृत्व क्षमतालाई थप बलियो बनाएको छ।

व्यवसाय र प्रशिक्षणसँगै कला तथा रंगमञ्चमा पनि उनको सक्रियता छ। पाँचभन्दा बढी नाटकमा अभिनय गरिसकेका दाहालले केही नाटकको निर्देशनसमेत गरेका छन्। ‘दले दाइ’ लगायतका नाटकमार्फत रंगमञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गरेका उनी सिर्जनात्मक गतिविधिमा समेत रुचि राख्छन्।

सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि दाहालको विशेष चासो छ। अटिजम केन्द्रित सचेतना, सहयोग र सामाजिक गतिविधिमा उनको संलग्नता रहँदै आएको छ। अटिजम भएका बालबालिका तथा उनीहरूका परिवारप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्नुपर्ने र उनीहरूलाई आवश्यक सहयोग तथा अवसर उपलब्ध गराउनुपर्ने मान्यता उनी राख्छन्।

यसअघि लियो क्लब अफ विराटनगर यङ हार्टको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका दाहालले विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमार्फत नेतृत्वको अनुभव हासिल गरेका छन्।

शिक्षा, व्यवसाय, प्रशिक्षण, कला, सामाजिक सेवा र संस्थागत नेतृत्वका विविध अनुभवलाई राष्ट्रियस्तरमा उपयोग गर्ने लक्ष्यसहित उनी नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका हुन्।

स्थानीय तहमा हासिल गरेको नेतृत्व अनुभवलाई राष्ट्रिय अभियानसँग जोड्दै जेसीजलाई थप व्यावसायिक, उद्यमशील, समुदायमुखी र परिणाममुखी बनाउने लक्ष्य उनको उम्मेदवारीमा देखिन्छ। व्यवसाय प्रवर्द्धनदेखि संस्थागत ब्रान्डिङ, युवा प्रशिक्षणदेखि सामुदायिक समन्वयसम्मका अभ्यासलाई राष्ट्रियस्तरमा विस्तार गर्न सके जेसीजको प्रभावकारिता थप बढ्ने अपेक्षा गर्न सकिन्छ।

युवा नेतृत्व, व्यावसायिक सोच र सामाजिक उत्तरदायित्वलाई एउटै यात्रामा जोड्दै कविराज दाहालले राष्ट्रिय नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka