Premier Cables
Premier Steel

कोशी प्रदेश

एसियन हाइवे निर्माणका विषयमा झापाका सांसद र कार्यालय प्रमुखबीच छलफल

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभा सदस्य र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक र क्षेत्र नं. ४ का सदस्य शम्भु सुस्केरासहित सरकारी कार्यालयका प्रमुख, भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक आयोजना प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

विज्ञापन

छलफलका क्रममा सांसदहरूले जिल्लामा सञ्चालित विकास आयोजनाको प्रगति, एसियन हाइवे निर्माणमा देखिएका समस्या तथा आयोजना निर्धारित समयमा सम्पन्न गर्न सम्बन्धित निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे चासो व्यक्त गरेका थिए ।

विकास निर्माणका कामलाई प्रभावकारी बनाउँदै नागरिकले समयमै त्यसको प्रतिफल पाउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनीहरूले आयोजनाको नियमित अनुगमन, निकायबीच समन्वय र सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेका थिए ।

अन्तरक्रियामा भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकका गुनासोको प्रभावकारी सुनुवाइका विषयसमेत उठाइएको थियो ।

सांसदहरूले नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी सरकारी सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने बताएका थिए । त्यसका लागि कर्मचारीतन्त्रले आफ्नो सोच, कार्यशैली र व्यवहारमा परिवर्तन गर्दै नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको समग्र शान्तिसुरक्षा, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित गतिविधिबारे जानकारी गराएका थिए ।

प्रशासनिक नेतृत्व सम्हालेपछि सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका जायज गुनासो सम्बोधन गर्न आवश्यक कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताए । उनले यसका लागि तयार पारिएको प्रारम्भिक कार्ययोजनाको खाकासमेत प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भूमि समस्या समाधानलाई प्राथमिकतामा राखेर सकारात्मक नतिजा हासिल गर्ने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए । यस कार्यलाई प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले आवश्यक जनशक्ति व्यवस्थापनका लागि सांसदहरूसमक्ष पहल गरिदिन अनुरोधसमेत गरे ।

त्यसैगरी, जिल्लाका विभिन्न क्षेत्रमा हात्तीको आक्रमणबाट हुने क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायबीच समन्वय बढाउने, प्रभावित क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा आवश्यक व्यवस्थापन मिलाउने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, भूमि समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka