Premier Cables

राजनीति

अमृत अर्यालद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | साँझ ५:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

चार दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय अर्यालले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढेसँगै सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै विजयका लागि महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र समर्थनको आग्रह गरेका छन्।

विज्ञापन

अर्यालले मोरङ कांग्रेसको सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित हुँदै उनी संघीय संसदमा पुगेका थिए।

२०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका अर्यालले १६ हजार १०२ मत प्राप्त गरेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनमा २ हजार ३८९ मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भएका अर्याल २०८२ सालको विशेष महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा चयन भएका थिए।

१५औँ महाधिवेशनअन्तर्गत उनी मोरङ क्षेत्र नम्बर ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका अर्यालले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठन सुदृढीकरण र आफ्नो राजनीतिक यात्रालाई थप जिम्मेवारीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka