Premier Cables
Premier Steel

राष्ट्रिय

गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, अवस्था बुझ्न हेलिकप्टर परिचालनको तयारी

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ स्थित चुम्केको खोलामा पहिरो खसेर थुनिएपछि आकस्मिक बाढी आएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आज बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको सूचना प्राप्त भएको हो। हालसम्म बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनले बताए।

विज्ञापन

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।

चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार चुमनुम्ब्री–६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको थियो। पछि थुनिएको पानी एक्कासि बगेपछि बाढी आएको उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka