Premier Cables
Premier Steel

राष्ट्रिय

तिब्बतमा ताल फुट्यो: भोटेकोसी र त्रिशूलीमा बाढीको उच्च जोखिम

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा पुनः बाढी आएकाले त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

गत भदौ १० गतेको भीषण बाढीपश्चात् तिब्बतस्थित ल्हेन्दे खोला थुनिएर बनेको प्राकृतिक ताल फुटेर पानी बग्न थालेपछि नदीमा जलसतह उल्लेख्य बढेको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार मध्याह्न स्याफ्रुबेँसीसम्म बाढी आइपुगेपछि तटीय क्षेत्रमा जोखिम बढेको हो।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२ः३१ बजे सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलसम्म सुरक्षित स्थानमा रहन अपिल गरेको छ। महाशाखाले भोटेकोसी र त्रिशूली नदी किनारका बासिन्दाहरूलाई पूर्वतयारीका साथ उच्च सतर्कता अपनाउन ताकेता गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka