Premier Cables
Premier Steel

समाचार

एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | राती १०:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।‌ काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित एक घरमा कोठा भाडामा लिई बस्दै आएका चिनियाँ नागरिक वाङ जियानलाई अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उनको कोठाबाट नेपाली १ करोड ४४ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आज दिउँसो २:०० बजे वाङको कोठामा छापा मारेको थियो। खानतलासी गर्दा उनको कोठाबाट नगद १,४४,००,०००/- (एक करोड चवालीस लाख रुपैयाँ) र राहदानी नम्बर EG2216171 फेला परेको प्रहरीले जनाएको छ।

वाङले अवैध आर्थिक कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी कपिलराज बोहराले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka