Premier Cables
Premier Steel

समाचार

भारतीय राजदूतले भेटे प्रधानमन्त्री, आतंकवादीविरुद्धको कारवाहीमा समर्थनका लागि दिए धन्यवाद

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख २६, २०८२  | अपराह्न ३:४५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत-पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रष्ट्याएका छन् । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट विहीबार सार्वजनिक भएको वक्तव्यप्रति धन्यवाद जनाएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले

नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरेका छन् ।

नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रम ओलीले प्रष्ट पारेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka