Premier Cables

राजनीति विराटनगर

विराटनगर कांग्रेस अपडेट: ६०० मत गन्दा कृष्ण कार्कीको ४८६

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | अपराह्न १:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर समितिको मत गणना जारी छ । हालसम्म गणना भएको ६०० मतको परिणाम अनुसार सभापति पदमा कृष्ण कार्कीले ४८६ मत प्राप्त गर्दा अर्का उमेदवार केशव गिरीले जम्मा ९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपसभापतिमा श्रुती शर्माले ३७६ मत प्राप्त गर्दा विपक्षी उमेदवार कृष्ण कुमारी साहले १७२ मत प्राप्त गरेकी छिन् । जम्मा ८८९ मतदाता रहेको महानगरमा ७९६ मत खसेको थियो ।

विज्ञापन

अहिलेसम्म ६०० मतको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना विराटनगर महानगरपालिका वडा नम्बर ३ गुधुँली मार्गमा अवस्थित परोपकार अभियान समूहको भवनमा जारी छ । निर्वाचन समितिका अनुसार दिउँसो ४ बजेसम्म मत परिणाम आईसक्ने छ ।

पदाधिकारीमा उपसभापतिमा सुभाशिषक कोइराला यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा वीरेन्द्र यादव र सहसचिवमा सिताराम सापकोटा सर्वसम्मत भइसकेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka