Premier Cables
Premier Steel

अपराध कोशी प्रदेश प्रदेश राजनीति समाचार

कांग्रेससँगको सहकार्यप्रति मुख्यमन्त्री कार्कीको आभार

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | साँझ ६:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा नेपाली कांग्रेसले गरेको योगदान र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा बुधबार स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले गर्दै आएको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले कांग्रेससँगको सहकार्य सुमधुर, सकारात्मक र रचनात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि निरन्तर सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण तथा संस्थागत विकासका लागि नेपाली कांग्रेससँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू भने मुख्यमन्त्री कार्कीले तत्कालका लागि आफैँसँग राख्नुभएको छ। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी थिए।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार प्रदेश मन्त्रिमण्डल चाँडै पुनर्गठन गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa