Premier Cables

विराटनगर

डीपीएस विराटनगरमा अभिभावक र बालबालिकाबीचको प्रेमिल सम्बन्धको उत्सव

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २६, २०८३  | साँझ ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दिल्ली पब्लिक स्कूल विराटनगरमा शुक्रबार ‘फादर्श एन्ड चिल्ड्रेन्विस डे’ विशेष उत्साह, उमंग र आत्मीयताका साथ मनाइएको छ।

विद्यालयको प्रिस्कुल जोनको आयोजनामा सम्पन्न कार्यक्रममा बुबा, आमा तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो।

विज्ञापन

अभिभावक र बालबालिकाबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बालबालिकाले आफ्ना अभिभावकसँग रमाइलो समय बिताउँदै विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी भएका थिए। कार्यक्रमले विद्यालय, अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अवसरसमेत प्रदान गरेको थियो।

कार्यक्रमअघि नै बालबालिकाहरूले आफ्ना बुबाका लागि विभिन्न हस्तनिर्मित कार्ड, फूलका बुके तथा कागज, फूल, पातलगायत प्राकृतिक सामग्रीको प्रयोग गरी आकर्षक हस्तकला तयार गरेका थिए। कार्यक्रममा ती सिर्जनात्मक सामग्री बालबालिकाले आफ्ना बुबालाई मायापूर्वक हस्तान्तरण गर्दा कार्यक्रमको वातावरण अझ भावुक र आत्मीय बनेको थियो।

कार्यक्रममा अभिभावक र बालबालिकालाई केन्द्रमा राखेर विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक खेल र गतिविधि सञ्चालन गरिएको थियो। खेल तथा गतिविधिमार्फत बालबालिकाले अभिभावकसँग सहकार्य, समन्वय र टोलीभावनाको अनुभव गरेका थिए। कार्यक्रममा देखिएका बालबालिकाका उत्साहित अनुहार, अभिभावकको सहभागिता तथा हाँसो र खुसीले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकप्रति विद्यालयको प्रिस्कुल परिवारले हार्दिक आभार व्यक्त गरेको छ। अभिभावकहरूले आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई देखाउनुभएको उत्साहपूर्ण सहभागिताले बालबालिकाका लागि यो दिनलाई अझ विशेष र स्मरणीय बनाएको विद्यालयले जनाएको छ। साथै, विद्यालय र अभिभावकबीचको सहकार्य नै बालबालिकाको समग्र विकासका लागि महत्वपूर्ण आधार भएको विद्यालयको भनाइ छ।

कार्यक्रम सफल बनाउन निरन्तर मार्गदर्शन, प्रोत्साहन तथा सहयोग प्रदान गर्नुहुने विद्यालयका प्रधानाचार्य श्री टी.एन. भण्डारीप्रति पनि विद्यालयले विशेष आभार व्यक्त गरेको छ। उहाँको मार्गदर्शन र प्रोत्साहनले बालबालिकाका लागि सिर्जनात्मक, अर्थपूर्ण तथा सिकाइसँग जोडिएका कार्यक्रम सञ्चालन गर्न थप प्रेरणा मिलेको विद्यालयले जनाएको छ।

कार्यक्रमको सफल व्यवस्थापनमा प्रिस्कुल इन्चार्ज श्रीमती अर्चना दुगर बास्कोटाको संयोजनमा प्रिस्कुलका शिक्षक–शिक्षिका, सहयोगी कर्मचारी, फोटोग्राफी टोली तथा पर्दापछाडि रहेर काम गर्ने सम्पूर्ण सदस्यहरूको महत्वपूर्ण योगदान रहेको थियो। उनीहरूको सिर्जनशीलता, समन्वय, मेहनत तथा सूक्ष्म योजनाका कारण कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको हो।

कार्यक्रमको समापनमा विद्यालयका बालबालिकालाई चकलेट वितरण गरिएको थियो। चकलेट पाएपछि बालबालिकाको अनुहारमा देखिएको खुसीले विद्यालय परिसर थप उल्लासमय बनेको थियो।

Father’s & Children’s Day केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई माया, उपस्थिति, आत्मीयता, पारिवारिक सम्बन्ध र बालबालिकासँग बिताइने अमूल्य समयको उत्सव बनेको थियो। कार्यक्रमले बालबालिकाका लागि अभिभावकको साथ, माया र उपस्थिति नै सबैभन्दा ठूलो खुसी र उपहारमध्ये एक भएको सुन्दर सन्देशसमेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka