Premier Cables
Premier Steel

विराटनगर

दिल्ली पब्लिक स्कुलमा नयाँ विद्यार्थी नेतृत्व चयन, बिहीबार शपथग्रहण समारोह

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | साँझ ४:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दिल्ली पब्लिक स्कुल,विराटनगरले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी परिषद् तथा कक्षा नेतृत्वको औपचारिक घोषणा गरेको छ।

निर्वाचित नेतृत्व अन्तर्गत विद्यालय क्याप्टेनमा कीर्ति कुमारी झा, उप–क्याप्टेन (छात्र) मा पल्लव बास्कोटा, उप–क्याप्टेन (छात्रा) मा दिव्यांशी नेवेटिया तथा मुख्य प्रिफेक्टमा रिदेन श्रीवास्तव चयन भएका छन् ।

बिज्ञापन

यसैगरी, हाउस क्याप्टेनमा डेनेबबाट आर्शिया पोदार, पोलक्सबाट इशाना शर्मा, सिरियसबाट आध्या खड्का तथा सार्गासबाट शहाय यादव निर्वाचित भएका छन् ।

उपहाउस क्याप्टेनमा डेनेब हाउसबाट प्रेरणा पण्डित (छात्रा) र इशान पौड्याल (छात्र), पोलक्स हाउसबाट कृपा राठी (छात्रा) र प्रियांशु प्रधान (छात्र), सिरियस हाउसबाट आध्या शर्मा (छात्रा) र सज्जाद अली इशा (छात्र), तथा सार्गास हाउसबाट आद्या श्रीवास्तव (छात्रा) र मुकुल अग्रवाल (छात्र) चयन भएका छन्।

कक्षा प्रिफेक्टतर्फ कक्षा ६ ‘क’ बाट स्वर्णिका लाभ, ६ ‘ख’ बाट शनव शर्मा, ७ ‘क’ बाट नीलेश महतो, ७ ‘ख’ बाट समर्थ अग्रवाल, ८ ‘क’ बाट तन्वी शर्मा, ८ ‘ख’ बाट मायान अग्रवाल, ९ ‘क’ बाट मयुरेश वर्मा, ९ ‘ख’ बाट विद्या शर्मा तथा १० ‘ख’ बाट कुश रौनियार चयन भएका छन्।

विद्यालयका शैक्षिक संयोजक दुर्गा प्रसाद निरौलाका अनुसार नवनिर्वाचित विद्यार्थी नेताहरूलाई पद तथा ब्याज प्रदान गर्न यही बिहीबार अभिभावकको उपस्थितिमा शपथग्रहण समारोह आयोजना गरिनेछ। उक्त समारोहमा विशिष्ट अतिथिको समेत उपस्थिति रहने जनाइएको छ।

विद्यालय प्रशासनले नवनिर्वाचित सम्पूर्ण विद्यार्थी नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उत्तरदायित्व, इमानदारी र गौरवका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa