Premier Cables
Premier Steel

विराटनगर

एभरेष्ट स्कुलका विद्यार्थी राष्ट्रिय टेबल टेनिसमा छनौट

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, जेठ १८, २०८२  | साँझ ७:३२ बजे

विराटनगर । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् ।

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट भएका हुन । सुनसरीको इटहरी रंगशालामा भएको छनौट प्रतियोगिताबाट सुनसरीका धरानका गौतम तामाङ र श्रेया सुवेदी तथा इटहरी सुनसरी का कविर आचार्य समेत छनौट भएका छन् ।

बिज्ञापन

अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँका अनुसार राष्ट्रिय प्रतियोगिताको ब्याईज सिंगल्स तर्फ सक्षम, गौतम र कविरले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने छन्हु । गर्ल्स सिंगल्स तर्फ कृपा, स्वस्तिका र श्रेयाले छनाैट भएका छन् ।

काठमाडौंमा हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि परिषदले जिल्लामा जेठ १२ र प्रदेशस्तरीय छनौट जेठ १७ गते गर्न यस अघि नै पत्राचार गरेको थियो । राष्ट्रिय प्रतियोगितामा दुई खेलाडी छनौट भएपछि एभरेष्ट स्कुलले खुसी ब्यक्त गरेको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको सर्वाङ्गीण विकासको लागि लगानीको प्रतिफलका रुपमा लिएकाे सुनाए । विद्यार्थी अब्बल हुनुपर्छ भनेर नै सोहि अनुसारको वातावरण तयार गरेका बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka