Premier Cables

शिक्षा

प्याब्सन चित्रकला प्रतियोगितामा डीपीएस विराटनगरकी जिया मोदी प्रथम

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १६, २०८३  | साँझ ६:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) विराटनगरद्वारा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्याब्सन चित्रकला प्रतियोगिता–२०८३ मा दिल्ली पब्लिक स्कुल विराटनगरकी कक्षा १२ की छात्रा जिया मोदीले ‘डी’ श्रेणीतर्फ प्रथम स्थान हासिल गरेकी छन्।

‘कृष्णा इन माई इम्याजिनेसन’ विषयमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीलाई समेटिएको ‘डी’ श्रेणीमा जियाले आफ्नो उत्कृष्ट कलात्मक क्षमता र सिर्जनशीलता प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेकी हुन्।

विज्ञापन

प्याब्सनले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि ‘ए’, कक्षा ४ देखि ७ सम्मका लागि ‘बी’, कक्षा ८ देखि १० सम्मका लागि ‘सी’ तथा कक्षा ११ र १२ का लागि ‘डी’ गरी चारवटा श्रेणी निर्धारण गरिएको थियो। प्रत्येक श्रेणीबाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको थियो।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कक्षा १२ की जिया मोदीले ‘डी’ श्रेणीमा उत्कृष्ट चित्र प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेपछि उनलाई कार्यक्रमका अवसरमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

जियाको यस सफलतामा डीपीएस विराटनगरकी अार्ट काेडीनेटर खुबी अग्रवालको मार्गदर्शन र निरन्तर प्रोत्साहन महत्वपूर्ण रहेको विद्यालयले जनाएको छ। विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै कला, सिर्जनशीलता तथा अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न गतिविधिमा सहभागी गराउँदै आएको छ।

जियाको उपलब्धिप्रति डीपीएस विराटनगर परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले उनको यस सफलताले अन्य विद्यार्थीहरूलाई समेत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

प्याब्सनको प्रतिष्ठित चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु डीपीएस विराटनगर र समग्र विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka