Premier Cables
Premier Steel

विराटनगर शिक्षा

२१ स्वर्ण पदकसहित एभरेष्ट प्रथम, डीपीएस दोस्रो

Calendar आइतबार, भाद्र २२, २०८२  | राती ८:४७ बजे

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले २१ स्वर्ण पदक जित्दै अन्तर विद्यालय पौडी प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ।

शुक्रबार र शनिबार सम्पन्न प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डीपीएस) ६ स्वर्ण पदकसहित दोस्रो भयो भने सेन्ट मेरी स्कुलले २ स्वर्ण, ३ रजत र ७ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गर्‍यो।

बिज्ञापन

सुनसरी र मोरङका करिब तीन दर्जन विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ३९ विधामा प्रतिस्पर्धा भएको थियो। विराट पौडी तालिम केन्द्रको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि प्याब्सनका सल्लाहकार टिकाराम पुरीले ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो।

आयोजक अध्यक्ष इन्द्रजित राजभण्डारीले पौडी खेललाई अन्तर्राष्ट्रिय स्तरमा महत्व दिँदै विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन कार्यक्रम आयोजना गरिएको बताए। प्रमुख अतिथि पुरीले पौडी खेलले खेलाडीको जीवनलाई स्वस्थ राख्न र देशको प्रतिष्ठा बढाउन योगदान गर्ने भन्दै इमान्दारी र लगनसहित खेल्नुपर्नेमा जोड दिनुभयो।

प्रतियोगिता एभरेष्ट कलेजको स्वीमिङ पूलमा सम्पन्न भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka