






नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको विनय–त्रिवेणी गाउँपालिका–१, दुम्किवासस्थित विनय खोलामा पानीको बहाव बढ्दा यात्रुवाहक बसमा फसेका यात्रुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
उद्धार पश्चात् करिब १० मिनेटमा नै उक्त बस खोलाले बगाएको छ । काँठमाडौबाट दाङको लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस असार ५ गते बिहीबार राति करिब १२ बजे उक्त खोलामा फसेको थियो । गाडीमा करिब ३५र४० जना यात्रुहरू सवार रहेका थिए ।
उनीहरूमध्ये २७ जनालाई सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म, पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद कार्कीको कमाण्ड तथा सुरक्षा बेस चोर मारा र सर्दिबाट खटिएको सुरक्षा फौजले क्रेन र डोजको सहायताले सकुल उद्धार गरेको हो ।
बसमा सवार अन्य यात्रुहरू भने बस फस्नसाथ पानी बाहिर निस्किएका थिए । उद्धार गरिएका सबै यात्रुको अवस्था भने सामान्य रहेको छ । उद्धार कार्य एक छिन ढिला भएको भए मानवीय क्षति हुने सम्भावना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।