Premier Cables

विराटनगर

रसुवा प्राकृतिक विपत्तिका पीडितलाई तेरापन्थी समाजद्वारा रु. ५ लाख ११ हजार सहयोग

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २५, २०८३  | राती ८:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रसुवामा हालै भएको प्राकृतिक विपत्तिका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै श्री जैन श्वेताम्बर तेरापन्थी सभा, विराटनगरको पहलमा तेरापन्थी समाज विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ११ हजार नगद सहयोग गरेको छ।

राहत सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री सरोज कोइरालालाई हस्तान्तरण गरिएको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा श्री जैन श्वेताम्बर तेरापन्थी सभाका संयोजक श्री मालचन्द सुराना, पूर्व अध्यक्षद्वय श्री विजयराज डागा र श्री दिनेश गोल्छा, तेरापन्थ प्रोफेसनल फोरमका अध्यक्ष श्री पंकज जैन, अणुव्रत समितिका महासचिव श्री दिपेन्द्र दुगड़लगायत सभाका सदस्यहरू श्री विजय पारख, निर्मल कोचर, फूलकुमार लालवानी, सञ्जय दुगड़, सुरेन्द्र नौलखा तथा अमित सुरानाको उपस्थिति रहेको थियो।

विज्ञापन

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी श्री सरोज कोइरालाले प्राकृतिक विपत्तिको समयमा पीडितहरूको राहत तथा उद्धारका लागि तेरापन्थी समाजले देखाएको मानवीय संवेदनशीलता र सहयोगको प्रशंसा गर्दै श्री जैन श्वेताम्बर तेरापन्थी सभा तथा सम्पूर्ण तेरापन्थी समाजप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

राहत सहयोग संकलन अभियानमा विराटनगरका सम्पूर्ण तेरापन्थी समाजका साथै तेरापन्थ महिला मण्डल, तेरापन्थ युवक परिषद्, तेरापन्थ प्रोफेसनल फोरम तथा अणुव्रत समितिको विशेष सहयोग रहेको थियो।

प्राकृतिक विपत्तिका समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय धर्म भएको उल्लेख गर्दै तेरापन्थी समाजले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka