Premier Cables

राष्ट्रिय

भारतमा भेटिए १७ शव

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १६, २०८३  | बिहान ९:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका १७ वटा शव उत्तर प्रदेशका विभिन्न क्षेत्रबाट फेला परेका छन् ।

उत्तर प्रदेशको कुशीनगर जिल्लाअन्तर्गत खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा तथा महराजगन्ज क्षेत्रबाट ३ महिला र १ पुरुष गरी ४ वटा शव बरामद गरिएको हो । महराजगन्जमा भेटिएका चारवटै शव आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिसकिएको भारतीय पक्षले जनाएको छ ।

विज्ञापन

फेला परेका शवहरूको हालसम्म पहिचान खुल्न सकेको छैन । सोही कारण भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा उनीहरूको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिएका छन् ।

बाढीका कारण नेपालबाट नदीमा बगेर आएका शवहरू भारतीय भूभागसम्म पुग्न सक्ने भएपछि सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka