Premier Cables

अर्थ

लायन्स क्लब अफ विराटनगर सिटिजन्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ लाख ११ हजार सहयोग

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १४, २०८३  | साँझ ५:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लायन्स क्लब अफ विराटनगर सिटिजन्सले विपद् प्रभावितको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गरेको छ।

क्लबले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो। उक्त रकम कोषको आधिकारिक बैंक खातामा जम्मा गरिएको क्लबले जनाएको छ।

विज्ञापन

सामाजिक सेवामा सक्रिय रहँदै आएको क्लबले प्राकृतिक विपत्तिको समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ। क्लबले विगतमा पनि विभिन्न संकट तथा विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ।

क्लबका अध्यक्ष मनोज गोल्चाले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षति दुःखद रहेको बताए। सरकारले उद्धार तथा राहतका कामलाई तीव्रता दिइरहेको अवस्थामा नागरिक, व्यवसायी तथा विभिन्न संघसंस्थाले पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने उनले बताए।

क्लबले विपद्को यस अवस्थामा अन्य संघसंस्था, व्यवसायी तथा सर्वसाधारणलाई पनि आफ्नो क्षमताअनुसार बाढीपहिरो प्रभावितका लागि सहयोग गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka