Premier Cables
Premier Steel

राष्ट्रिय

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट दिने स्टारलिंकको प्रस्ताव

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १४, २०८३  | बिहान ८:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अमेरिकी भूउपग्रह इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’ ले निःशुल्क इन्टरनेट सेवा तथा प्रविधि उपलब्ध गराउने इच्छा व्यक्त गरेको छ।

कम्पनीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक वक्तव्य जारी गर्दै नेपाल सरकार तथा मानवीय सहायतामा संलग्न निकायहरूसँग मिलेर काम गर्न आफू तयार रहेको जनाएको हो। नेपाल सरकारले स्वीकृति दिएलगत्तै प्रभावित क्षेत्रमा आफ्ना ‘स्याटेलाइट इन्टरनेट किट’ पठाएर निःशुल्क सेवा प्रवाह गरिने स्टारलिंकले स्पष्ट पारेको छ।

बिज्ञापन

बाढी र पहिरोका कारण सडक तथा पुल ध्वस्त हुनुका साथै मोबाइल नेटवर्कसमेत अवरुद्ध भएका बेला स्याटेलाइट इन्टरनेटले उद्धार र राहत कार्यमा ठूलो सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ। यस प्रविधिमार्फत उद्धार टोली र स्वास्थ्यकर्मीहरूले आपसमा प्रभावकारी समन्वय गर्न सक्नेछन् भने सम्पर्कविहीन भएका नागरिकहरूलाई परिवारसँग जोडिन सहज हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka