Premier Cables
Premier Steel

राजनीति

देउवा समूहद्वारा कांग्रेस महाधिवेशन रोक्न निवेदन

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | अपराह्न ३:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजमा तय गरिएको महाधिवेशन रोक्न आदेश माग गर्दै निवेदन दिएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार देउवा समूहले दायर गरेको निवेदनमा आज पूरक निवेदनसमेत दर्ता भएको छ। उक्त निवेदनमाथि भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ।

बिज्ञापन

कांग्रेस निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सोही कार्यतालिका कार्यान्वयन रोक्न माग गर्दै निवेदन दायर गरिएको हो।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न अनुमति दिएको छ। उक्त विवादको टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन निवेदनमा माग गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka