Premier Cables
Premier Steel

राजनीति

देउवा दम्पत्तीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोलले माग्यो कागजात

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। शेरबहादुर देउवा र आरजु देउवा विरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोल ले थप कागजपत्र मागेको छ।

नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) ले केही समयअघि रेड कर्नर नोटिसका लागि पत्राचार गरेको थियो। तर, पक्राउ पुर्जी जारी भएको जानकारीका आधारमा मात्रै यस्तो नोटिस जारी गर्न नसकिने भन्दै इन्टरपोलले थप प्रमाण तथा कागजात मागेको हो।

बिज्ञापन

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, “पक्राउ पुर्जी मात्र पर्याप्त नदेखिएकाले इन्टरपोलले थप कागजपत्र पेश गर्न भनेको छ।”

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले देउवा दम्पतीविरुद्ध चैत २४ गते जिल्ला अदालत काठमाडौं बाट पक्राउ पुर्जी लिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka