Premier Cables

कोशी प्रदेश

कोसीका दुई सडक खुले, पांचवटा अझै अवरुद्ध

Calendar आइतबार, जेठ १८, २०८२  | बिहान १०:३९ बजे

विराटनगर । धनकुटाको साँगुरीगढी गा.पा.-६ स्थित नमस्ते झरना छेउमा कोसी राजमार्गमा पहिरो झरेको भएको सडक अवरोध एकतर्फी खुलेको छ ।

अवरुद्ध भएका सातमध्ये दुईवटा मात्र संचालनमा आएका हुन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले विकल्प नभएका सडक खुलाउन नसकिएको जनाएको छ ।

बिज्ञापन

कार्यालयका अनुसार इलाम-महमाई-लारुम्बा सडक पनि हिजो सांझबाट एकतर्फी खुलेको छ ‌।

साँगुरिगढी गा. पा.-६ फेदीस्थित लेउदी खोलाले कोसी राजमार्गको १०० मिटर बाटो कटान गरेको थियो । मर्मत गरी त्याहाँ शनिबार साँझबाट एकतर्फी खुलेको छ ।

साँगुरीगढी गा.पा. ५ स्थित डाँडा बजार, लुम्फाजुड-
कुहिभिर-ढाडे डांडामा पहिरो गइ अवरोध भएको सडकको समेत विकल्प नभएका बताइएको छ ।

सुनसरीको बराहक्षेत्र न. पा.-१ नयाँपुल खोलास्थितमा पहिरो झरेर सडक अवरूद्ध छ ।

चौबिसे गा.पा.- ४ निर्माणधिन सडक खण्डको छरुवामा पनि अवरोध कायमै छ ।

इलामको माई न.पा.-७ स्थित पक्की सड़क खण्डमा पहिरो झरेको छ । यो सडकको समेत वैकल्पिक मार्ग नहुँदा समस्या भएको छ ।

उदयपुरमा बेलका न.पा. ८ कोठ खोला कच्ची सडक खण्डमा पहिरो झरेकोले अवरोध छ ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो