Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री केपी ओलीको प्रश्न : गृमन्त्रीले किन राजीनामा दिनु ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १८, २०८२  | बिहान ८:२९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताएका छन्उ । काठमाडोमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री केपी ओली यस्तो बताएका हुन् ।

आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीले बताए । लाखौँ कर्मचारी मध्ये कुनैले गल्ती गर्यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र भन्दै प्रश्न गरे ।

बिज्ञापन

भने,’प्रतिपक्षीलाई सरकार नै मन परेको छैन भने गृहमन्त्रीको मात्र किन राजीनामा माग्नु रु म विपक्षीको अधिकारको सम्मान गर्छु । तर गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक छैन, कुनै अर्थ छैन ।

सिजन यही हो, मैले पनि विरोध गर्नुपर्छ भन्नुमा कुनै तर्क छैन। अख्तियारले एकजना कर्मचारीलाई बोलायो, फर्काइदियो। बयान लिएको छैन, थुनेको छैन। गृहमन्त्रीले राजीनामा गर्नुपर्यो भन्या के हो त्यो रु लाखौं कर्मचारीमध्ये कुनैले गल्ती गर्‍यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ?’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले सिमितताहरूलाई आधार मानेर बजेट ल्याइएको स्पष्ट समेत पारे । बजेट यथार्थ आएको र जे सम्भव छ, त्यसरी बजेट आएको स्पष्ट गरे ।

‘हाम्रा सिमितताहरूलाई आधार मानेर बजेट आएको छ। बजेट यथार्थ आएको छ। जे सम्भव छ, त्यसरी बजेट आएको छ। निराधार ढंगले बजेट ल्याउनु अर्थतन्त्रलाई धरासायी बनाउनु हो । आर्थिक अराजकता ल्याउनु हो। त्यस्तो गरिएको छैन,’उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka