Premier Cables
Premier Steel

खेलकुद

भारतका केएस भरतले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | साँझ ६:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गोर्खाजले तेस्रो संस्करणका लागि भारतका विकेटकिपर तथा ब्याटर केएस भरतलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

भरतले भारतका लागि सात टेस्ट खेलिसकेका छन्। उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट पनि खेलेका छन्। प्रथम श्रेणी क्रिकेटमा उनले ६ हजारभन्दा बढी रन बनाएका छन्।

बिज्ञापन

भरतले यसै वर्ष जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनको आगमनले टोलीको ब्याटिङसँगै विकेटकिपिङ पक्ष बलियो हुने काठमाडौं गोर्खाजले जनाएको छ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka