विराटनगर । चितवन राइनोजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि जिम्बाब्वेका अन्तर्राष्ट्रिय क्रिकेटर सिकन्दर राजालाई अनुबन्ध गरेको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव हासिल गरेका रजा एक प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन्। ब्याटिङ र बलिङ दुवैबाट खेलमा प्रभाव पार्न सक्ने सिकन्दर राजाले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय क्रिकेट खेल्दै आएका छन् भने विश्वका विभिन्न प्रमुख टी–२० प्रतियोगितामा समेत सहभागिता जनाएका छन्।
उनको अनुभव, अलराउन्ड क्षमता र नेतृत्वदायी भूमिकाले आगामी एनपीएल सिजनका लागि तयार भइरहेको चितवन राइनोजको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
राजाको अनुबन्धले चितवन राइनोजको अन्तर्राष्ट्रिय खेलाडी संयोजनलाई थप बलियो बनाएको छ। आगामी सिजनमा प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने राइनोजको योजनामा उनको आगमनलाई महत्वपूर्ण थपका रूपमा हेरिएको छ।
सिकन्दर राजाअब राइनोज परिवारको हिस्सा बनेका छन्।
