Premier Cables
Premier Steel

अर्थ

आर्थिक मामिला मन्त्रालयले भन्यो- शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्नु

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | अपराह्न १२:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रालय, विराटनगरबाट स्थायी नियुक्ति पत्र लिई विभिन्न मन्त्रालय तथा कार्यालयमा पदस्थापन भएका कर्मचारीहरूका लागि शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणीकरण गर्ने सम्बन्धी सूचना जारी गरिएको छ।

प्रदेश निजामती सेवा नियमावली, २०८१ को नियम ६६ बमोजिम प्रदेश निजामती सेवामा स्थायी नियुक्ति भई सेवा प्रवेश गर्ने कर्मचारीले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणीकरण गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

बिज्ञापन

सोही व्यवस्था अनुसार, प्रदेश प्रशासन सेवा, लेखारराजस्व समूहका कर्मचारीहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो शैक्षिक योग्यताको लब्धांक पत्र ९मार्कसिट० र प्रमाणपत्रको प्रतिलिपी दुईरदुई प्रति आफैले प्रमाणित गरी, आफू कार्यरत कार्यालयमार्फत मन्त्रालयमा पेश गर्न आह्वान गरिएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka