Premier Cables

कोशी प्रदेश

कोशी प्रदेश सरकारले स्थलमार्गबाट राहत पठाउन सुरु, इलाममा मुख्यमन्त्रीको निरीक्षण

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | अपराह्न ३:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। अविरल वर्षाले प्रभावित इलाका मोरङ, इलाम र झापामा कोशी प्रदेश सरकारले स्थलमार्गमार्फत राहत सामग्री पठाउन थालेको छ। ट्रक तथा सवारीसाधन पुग्न सक्ने क्षेत्रमा आवश्यक सामग्री ढुवानी गरी वितरण सुरु गरिएको हो।

आन्तरिक मामला तथा कानुन मन्त्रालयका अनुसार विपद् प्रभावित क्षेत्रहरूमा राहत निरन्तर पठाइँदैछ। यसअघि पहिलो चरणमा हेलिकप्टरमार्फत तत्कालीन आवश्यकता अनुरूप खाद्यान्न र स्वास्थ्य सामग्री ढुवानी गरिएको थियो।

विज्ञापन

मुख्यमन्त्री हिक्मत कुमार कार्की सोमबार बिहान इलाम पुगेका थिए। उनले स्थलगत निरीक्षण गर्दै त्यहाँ सुरक्षा निकायसँग समन्वय बैठक पनि गरेका थिए। निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले भने, “प्रदेश सरकारको पहुँच र क्षमता भित्र रहेसम्म सबै प्रभावित क्षेत्रसम्म राहत पुर्‍याउने प्रयास जारी रहनेछ।”

प्रदेश सरकारले राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडा, टेन्ट, पिउने पानी लगायत आवश्यक सामग्री समावेश गरेको जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka