Premier Cables
Premier Steel

राजनीति

रास्वपाले काट्यो कुलमान घिसिङ पक्षका १७ जनाको समानुपातिक नाम

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल समूहसँग सम्बन्धित १७ जना समानुपातिक उम्मेदवारको नाम हटाउँदै सूची अद्यावधिक गरेको छ।

आइतबार बिहान निर्वाचन कार्यालयमा बुझाइएको अद्यावधिक सूचीअनुसार दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी रीमा विश्वकर्माबाहेक कुलमान पक्षका अन्य सबै उम्मेदवारको नाम हटाइएको छ। रास्वपाका एक नेताका अनुसार रीमा विश्वकर्मा रास्वपामै रहने भएपछि उनको नाम मात्र यथावत् राखिएको हो।

“उज्यालो नेपालसँगको सहमति तोडिएपछि कुलमान पक्षका १७ जना समानुपातिक उम्मेदवारको नाम काटिएको हो,” ती नेताले बताए।

यसअघि उज्यालो नेपाल पार्टीसँग उपसभापति पद तथा समानुपातिक सूचीमा ३० प्रतिशत हिस्सा दिने सहमति भएको थियो। तर उक्त सहमति शनिबार (पुस २६) औपचारिक रूपमा तोडिएको थियो।

रास्वपाका अनुसार कुलमान पक्षका १७ जना हटाइएपछि रास्वपा र बालेन पक्षका गरी ११० जना समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka