Premier Cables
Premier Steel

राजनीति

रास्वपालाई थप समावेशी बनाउन के छ महाधिवेशनमा तयारी ?

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनअघि विधान संशोधनमार्फत पार्टी संरचनालाई समावेशी बनाउने तयारी गरिएको हो ।

विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार संशोधित व्यवस्थाअनुसार अब कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । जसअनुसार एक सभापति, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।

बिज्ञापन

त्यसैगरी एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने व्यवस्था गरिएको छ । अब केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसमा ९९ सदस्य तथा सभापति निर्वाचित हुनेछन् भने ५१ सदस्य समावेशी प्रक्रियामार्फत सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सातै प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । यसअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिबाट मनोनित हुने व्यवस्था रहेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित हुने प्रावधान थप गरिएको छ ।

पराजुलीले भने, “समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधान संशोधन गरिएको हो ।” उनका अनुसार सबै तहमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ । प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ ।

प्रदेशबाट आउने ३५ जनामध्ये प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला अनिवार्य हुने प्रावधान राखिएको छ । त्यसैगरी जनसंख्याका आधारमा गण्डकी र कोशी प्रदेशबाट एक–एक जना जनजाति, सुदूरपश्चिम र कोशी प्रदेशबाट एक–एक जना दलित, लुम्बिनी प्रदेशबाट एक थारू तथा मधेस प्रदेशबाट एक मधेस दलित अनिवार्य हुने व्यवस्था गरिएको छ ।

समायोजनको भावनालाई सम्बोधन गर्दै सभापतिलाई मनोनयनको अधिकार पनि विधानले थप गरेको पराजुलीले जानकारी दिए । विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज हुँदैछ । उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रपछि भोलिदेखि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa