Premier Cables
Premier Steel

राजनीति

रवि, बालेन र कुलमान मिले, बालेनले लेखे-म नेपाल हाँसेको हेर्न चाहन्छु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | राती ८:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ।

सहमतिअनुसार घिसिङलाई पार्टीको उपसभापति बनाइनेछ। हाल दुवै पक्षबीच सहमतिपत्रको ड्राफ्टमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढिरहेको स्रोतले जनाएको छ।

बिज्ञापन

स्रोतका अनुसार कुलमान घिसिङको समूहबाट १८ जना समानुपातिक सांसद समावेश गर्ने विषयमा पनि सहमति जुटेको छ।

यसअघि नै पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति भइसकेको थियो। उक्त सहमतिप्रति असन्तुष्टि जनाएका घिसिङसँग पटक–पटक छलफल भएको थियो।

सोमबार काठमाडौंमा भएको पुनः छलफलपछि अन्ततः दुवै पक्षबीच सहमति कायम भएको हो। यो सहमति भएसँगै बालेनले तीन जना नेता सँगै बसेको तस्बिर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भनेर फोटो पोस्ट गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka