Premier Cables
Premier Steel

खेलकुद

टप एन्ड टी–२० सिरिज खेल्न नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | अपराह्न १:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ। टोली गएराति सिरिजमा सहभागी हुन अष्ट्रेलियातर्फ प्रस्थान गरेको हो।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार बिदाइ गरेको थियो। अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।

बिज्ञापन

भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यसपछि भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

क्यानका अनुसार अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ। भ्रमणले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka