Premier Cables
Premier Steel

शिक्षा

विराटनगरको एभरेष्ट स्कुलका कराँते खेलाडीलाई बेल्ट र प्रमाणपत्र वितरण

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | साँझ ७:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ ।

हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन्। विद्यालयका कराँते प्रशिक्षक रहेका राष्ट्रिय खेलाडी एवम् राष्ट्रिय प्रशिक्षक विवेक थापाका अनुसार सात जना खेलाडीलाई ग्रीन बेल्ट र प्रमाण पत्र प्रदान गरिएको हो भने २३ जना विद्यार्थीलाई ओरेन्ज बेल्ट र प्रमाणपत्र प्रदान गरिएको छ ।

बिज्ञापन

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कराँते व्यक्ति स्वयंको लागि समेत आवश्यकता रहेको चर्चा गर्दै आत्मरक्षा महत्वपूर्ण हुने बताए । सबै खेलकुदका गतिविधिको आफ्नै महत्व हुने भन्दै यद्यपी कराँतेका विभिन्न विधाबाट नेपालले आफ्नो पहिचान अन्तर्राष्ट्रिय स्तरमा समेत राख्दै आएको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि खेलकुद आवश्यक रहेको उल्लेख गर्दै त्यसैले एभरेष्टमा विभिन्न खेलकुदका गतिविधिलाई अघि बढाउन अनुभवि र दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराउँदै आएको स्मरण गराए । उनले भने,‘हाम्रा विद्यार्थीले पढाइका साथसाथै कुनै न कुनै अतिरिक्त कृयाकलापमा भाग लिनै पर्ने व्यवस्था मिलाइएको छ, यो सर्वाङ्गीण विकासका लागि एउटा कदम हो ।’ ग्रेडिङ भएका विद्यार्थीलाई बधाई दिँदै उनले खेलकुदका क्षेत्रलाई पनि सँगसँगै अघि बढाउन सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कराँते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले खेलकुदले अनुशासन सिकाउने, सामुहिकताको विकास गराउने र व्यक्तिको स्वास्थ्यलाई समेत सकारात्मक भूमिका खेल्ने चर्चा गर्दै निरन्तरता दिन आग्रह गरे । ‘सक्दा राष्ट्रलाई नसक्दा पनि स्वास्थ्यलाई’ भन्ने मूल मर्मका साथ पढाई सँगसँगै खेलकुदलाई अघि बढाउन उहाँले आग्रह गरे। पढाइका साथसाथै खेलकुदका गतिविधिलाई पनि उत्तिकै प्राथमिकता एभरेष्टले दिएको चर्चा गर्दै उनले विद्यालयले बनाइदिएको वातावरणको भरपुर सदुपयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा विद्यार्थी खेलाडीहरुले विभिन्न काता प्रस्तुत गर्दै मनोरञ्जन समेत दिलाएका थिए । एभरेष्टमा हाल सयौंको संख्यामा कराँतेमा आवद्ध खेलाडीहरुको नियमित प्रशिक्षण भइरहेको अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताइन् । उनका अनुसार एभरेष्टमा दर्जनौं विधामा नियमित अभ्यास हुँदै आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa