Premier Cables
Premier Steel

मौसम विराटनगर

कोशीसहित देशका विभिन्न क्षेत्रमा मध्यम वर्षाको सम्भावना

देशभर बदली, कोशीसहित विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ।

हाल देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बिज्ञापन

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

तराईतर्फ मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षा हुने सम्भावित क्षेत्रमा गेग्रानसहितको बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa