Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीमा मन्त्रालय बाँडफाँडमा नेकपा र एमालेबीच सहमति

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २६, २०८३  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सरकार विस्तार, मन्त्रालय बाँडफाँड र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतबारे सहमति बनेको छ।

विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको तेस्रो चरणको वार्तामा दुवै दल मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँडमा सैद्धान्तिक रूपमा सहमत भएका हुन्।

बिज्ञापन

यसै साताभित्र मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने र अर्को हप्ताभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने सहमति भएको छ। मन्त्रालयको अन्तिम भागबण्डा आगामी छलफलबाट टुङ्ग्याइनेछ। यसअघि नेकपाले ४ वटा मन्त्रालयको दाबी गरे पनि एमालेले ३ वटासम्म दिन सकिने अडान राख्दै आएको थियो।

सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन र न्यूनतम साझा कार्यक्रम तय गर्न नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ।

साथै, दुवै दलबीच बजेटको पुनरावलोकन गर्ने, रोकिएका ऐन-कानुनहरू आपसी सहमतिमा पारित गर्ने र प्रदेशको नामकरणलाई लिएर देखिएको असन्तुष्टि सम्बोधन गर्न अन्य दल तथा शीर्ष नेताहरूसँग छलफल अघि बढाउने निर्णय भएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa